कला


चलचित्र ‘दोख’को शीर्ष गीत  ‘वन चरी उड्यो’ सार्वजनिक (भिडिओ)

चलचित्र ‘दोख’को शीर्ष गीत  ‘वन चरी उड्यो’ सार्वजनिक (भिडिओ)

नेपालखबर
असार ३, २०७९ शुक्रबार २०:५१, काठमाडौँ

अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो। यो गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ। गुरुङले गाएको यो चलचित्रको पहिलो गीत हो।

कार्यक्रममा बोल्दै गुरुङले भने, ‘चलचित्रमा गीत गाउँदिन भनेर बसेको थिएँ। नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ।’ कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको हो। गीतले चलचित्रको आवरण बोलेको छ। चलचित्रका अधिकांश कलाकारहरुलाई गीतमा प्रस्तुत गरिएको छ। लाइभ रेकर्डिङको प्रचलन करिवकरिव हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको जानकारी दिईयो।

‘सिर्जना गर्न साह्रै गाह्रो छ’ कार्यक्रममा गायक गुरुङले भने, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ।’ यहि असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा राजन कठेतले लेखेका हुन्।

माओवादी द्वन्द्व कालखण्डमा सामुदायिक वनको मुद्दालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ। सविन ज्ञवाली र मनोज अधिकारी चलचित्रका निर्माता हुन्।

शैलेन्द्र डी कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad