गायिका आनी छोइङ डोल्मा कन्सर्टमा देखिने भएकी छन्। ‘फूलको आँखामा फूलै संसार’ गीत मार्फत चर्चामा आएकी आनी ६ वर्षपछि कन्सर्टमा फर्किएकी हुन्।
उनी आगामी असार ११ गते कन्सर्टमा भेटिनेछिन्। ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुलको प्रेक्षालयमा आनीले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
उक्त कन्सर्टमा आनीसहित अन्य कलाकारले पनि प्रस्तुति दिनेछन्। कोरोना महामारीको समयमा आफूले संगीत गरेका नयाँ गीत कन्सर्टमा गाउने उनले बताएकी छिन्।
‘हिल द अर्थ’नाम दिइएको उक्त कन्सर्टबाट संकलन गरिएकाे रकम आगोले पोलेका बिरामीको उपचारमा खर्च गर्ने जनाइएको छ।
कन्सर्टमा ग्रामी मनोनित नेपाली संगीतकर्मी मनोज सिंह नेवा, १९७४ एडीका सञ्जयकुमार श्रेष्ठ, गोपाल रसाइली, प्रज्वल लामा र लावोनी चक्रवर्तीले पनि कन्सर्टमा सांगीतिक प्रस्तुति दिनेछन्।
Shares
प्रतिक्रिया