कला


सुटिङस्थलमा देखियो पूजा र आकाशको टुटेको सम्बन्ध

सुटिङस्थलमा देखियो पूजा र आकाशको टुटेको सम्बन्ध

नेपालखबर
असार १, २०७९ बुधबार ८:१६, काठमाडौँ

एक समय अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठ प्रेममा थिए। चलचित्र ‘रामकहानी’बाट जोडिएको यो जोडीको प्रेम कहानी भने लामो समय टिक्न सकेन।

तर प्रेममा रहेका बेला पूजा र आकाश एक–अर्काको प्रशंसा गरेर थाक्दैनथे। यो जोडीले थुप्रै म्युजिक भिडियोमा पनि सँगै काम गरे। दर्शकले पनि उनीहरुलाइ रुचाएका थिए।

तर अहिले परिस्थिति फेरिएको छ। आकाश र पूजाका एक अर्काको कुरा गर्न समेत रुचाउँदैनन्। यो जोडीको शीर्ष भूमिका रहेको चलचित्र ‘सम्झना विर्सना’को गीत छायांकनका क्रममा पूजा र आकाशको पानी बाराबारको स्थिति छताछुल्ल भएको छ।

गीत छायांकनका क्रममा पनि यो जोडी कम्फर्टेबल नभएको निर्देशकको गुनासो रहेको छ। 

गीत छायांकनका क्रममा पूजा र आकाशको टुटेको सम्बन्धको दृष्य स्पष्ट देखिएको थियो। निर्देशकको एक्सनमा एकअर्काको अंगालोमा बाँधिने पूजा र आकाश निर्देशकको कट पछि भने एक अर्काको मुखमा समेत हेर्दैनथे। 

मिडियाकर्मीले पूजाका बारेमा प्रश्न गर्दा आकाशले पनि पूजाको नाम समेत उच्चारण गर्दैनथे। गीत छायांकनमा देखिएको दृष्यले आगामी दिनमा यो जोडीले पुनः सहकार्य गर्दैनन् भनेर मनोरन्जन बजारमा अड्कलबाजी सुरु भएको छ।

‘सम्झना विर्सना’को छायांकन भने उनीहरु सम्बन्धमा रहेकै बेला भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad