फ्रेन्चाइज शो सुपर डान्सर नेपालको फिजिकल अडिसन सकिएको छ।
इटहरी, नेपालगन्ज, बुटवल, चितवन र पोखरा हुँदै शनिबार जेठ २८ गते काठमाडौंमा भव्य अडिसन भएसँगै सुपर डान्सर नेपालको फिजिकल अडिसन सकिएको हो।
काठमाडौंको अडिसन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताइएको छ।
काठमाडौं अडिसनमा ३०० प्रतिस्पर्धीले सहभागी जनाएका थिए। सुपर डान्सरको क्रेज काठमाडौंमा व्यापक देखिएको आयोजक ए.डी. रिलिजकी कम्युनिकेसन म्यानेजर रश्मि अग्रवालले बताइन्।
अडिसनबाट छानिएका दमदार प्रस्तुति पर्दामा प्रदर्शन हुन भने बाँकी छ।
48
Shares

प्रतिक्रिया