नेपाली चलचित्र तथा म्युजिक भिडियोका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सफल रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
'को छर मेरो' भन्ने बोलको गीतमा लक्ष्मी र जीवन सुन्दर जोडी देख्न सकिन्छ। रजनी राइको मधुर स्वरमा भुपेन्द्र महतको शब्द र जीवन प्रधानको संगीत रहेको छ भने भिडियोको निर्देशन लक्ष्मी र जीवन आफैँले निर्देशन गरेका हुन्।
उनीहरुले दर्शकबाट साथ पाउने अपेक्षा लिएका छन्। लक्ष्मी बर्देवाकै युटयुव च्यानलबाट अपलोड गरिएको भिडियोमा यसअघि गरेका काम जस्तै गरी दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास राखेका छन्।
42
Shares

प्रतिक्रिया