कला


गायिका दुराले रुँदै छोडिन् देश, अमेरिका पुगेर सोधिन्-न्याय कहाँ छ?

गायिका दुराले रुँदै छोडिन् देश, अमेरिका पुगेर सोधिन्-न्याय कहाँ छ?

नेपालखबर
जेठ १८, २०७९ बुधबार ११:२, काठमाडौँ

एक समयकी चर्चित लोक गायिका हुन विमाकुमारी दुरा। ६० को दशकमा हुर्किएको पुस्ता उनका गीतका पारखी हुन्।

त्यो समय उनले थुप्रै हिट गीतमा आवाज दिएकी छिन्। केही समयदेखि लगभग गुमनाम जस्तै रहेकी यी गायिकाले सधैंका लागि देश छोडेकी छिन्।

उनका समकालीन थुप्रै गायक गायिका अमेरिकामा नै छन्। विमा भने यहीँ केही गर्ने भनेर बस्दै आएकी थिइन्। तथापि उनले रुँदै देश छाडेकी छिन्। उनी आफ्ना श्रीमान् सहित अमेरिकाको न्युयोर्क शहर पुगेकी छिन्।

उनी आफ्नी छोरीसँग अमेरिका पुगेकी हुन्। उनी छोरी चार वर्षदेखि अमेरिका बस्दै आएकी छिन्। नेपाल छोड्दै गर्दा गायिका दुरा मनमा अनेक पीर लिएर उडेकी छिन्। देश छोड्दै गर्दा पनि उनले टिकटकमा बाध्यताले देश छोड्नु परेको उल्लेख गरेकी छिन्। भिडियोमा विमाकुमारी निकै भावुक सुनिन्छिन्। 

उनले भिडियोमा भनेकी छिन् ‘मैले जस्तो रोएर कसैले देश छोड्नु नपरोस्।’ हरेक तरहले देश र यहाँका मानिसलाई धन्यवाद दिँदै उनले प्रश्न गरेकी छिन् ‘यहाँ न्याय कहाँ छ?’ पछिल्लो समय आफन्तबाटै ठगिएकी दुराले अमेरिका उड्नुअघि आफू समस्यामा परेको बताउँदै आएकी थिइन्। 

आफूले निकै दुःखले जोडेको घर बिक्री गर्नेक्रममा आफन्तबाटै ठगिएपछि गायिका दुरा विगत एक वर्षदेखि तनावमा थिइन्। उनले पछिल्लो केही समययता आफ्नो अवस्थाका बारेमा सामाजिक सञ्जाल तथा मिडिया मार्फत जानकारी दिँदै आएकी थिइन्। 

एक समयकी नम्बर वान गायिका दुराका ‘छुट्यो मायाजाल, माझीदाइ पोखरा, जम्मु कश्मीरमा, हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट’ लगायतका गीत निकै लोकप्रिय भएका थिए। 

अमेरिका पुगेपछि पनि दुराले भिडियो पोस्ट गरेकी छिन्। उनले अमेरिका पुगेर पोस्ट गरेको भिडियोमा पनि आफू जस्तै ठगिएर र रोएर कसैले देश छाड्न नपरोस् भन्ने कामना गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad