अभिनेता पल शाहसँग म्यूजिक भिडियोमा खेलेर चर्चामा आएकी मोडल हुन्-गरिमा शर्मा।
शर्मा र शाहले थुप्रै म्युजिक भिडियोमा स्क्रिन शेयर गरे। सबै म्युजिक भिडियो चल्यो। यो जोडीलाई दर्शकले रुचाए। एकताका यी दुई प्रेममा रहेको चर्चा समेत मनोरञ्जन बजारमा चलेको थियो। प्रायजसो कार्यक्रममा यो जोडी सँगै देखिएको पनि हो।
गरिमा आफूलाई पलको कारण चर्चामा आएको कुरा आफैंले स्वीकार समेत गरेकी छिन्। पलसँग प्रेम छ भनेर लेखिएका समाचारसँग उनको गुनासो थिएन। कुनैबेला उनी आफैंले प्रेम अस्वीकार गरेपनि मित्रताका बारेमा भनेर खुलेर बोलेकी थिइन्।
पलसँग स्क्रिन शेयर गरेरै गरिमाले दुई वर्ष म्युजिक भिडियोमा अभिनय गरिन्। अहिले समय फेरियो। पल नाबालिग गायिका बलात्कारको अभियोगमा जेलमा छन्।
गरिमा ठूलो पर्दाको यात्रा गर्ने तयारीमा छिन्। नाबालिग गायिकाले बकपत्रका क्रममा आफ्नो बयान फेरेपछि अन्य कलाकारले जस्तै गरिमाले पनि मन फेरेकी थिइन। उनले पललाई भेट्न जेल पुगेको बताएकी थिइन्।
केही समय अघि मात्रै गरिमाले टिकटकमा रुँदै पलका फ्यानले आफूलाई गाली गरेको भन्दै पलले नचाहे पलसँग पुनः म्युजिक भिडियोमा नदेखिने बताएकी थिइन्। बिहीबार एक फिल्मको पत्रकार सम्मेलनमा पुगेकी गरिमालाई पत्रकारले किन छोड्थे! उनलाई तपाईले अब पलसँग भिडियो खेल्दिन भनेर भन्नु भएको थियो, त्यो सोच बदलियो की यथावत छ?
उनले आफूमाथि पत्रकारले इगो राखेर यस्तो प्रश्न गरेको बताइन्। उनले दर्शकको खुशीका कारण पलसँग म्युजिक भिडियो नखेल्ने निर्णय लिएको बताउँदै यो निर्णय परिवर्तन नगर्ने पनि बताइन्। उनको जवाफलाई लिएर धेरैको अनुमान थियो ‘पलको प्रश्नले गरिमाको इगो हर्ट भयो।’
Shares

प्रतिक्रिया