ad ad

कला


सलमान खान नआउने, बेचिएको छ ५ देखि २५ हजारको टिकट

सलमान खान नआउने, बेचिएको छ ५ देखि २५ हजारको टिकट

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १७:३८, काठमाडौँ

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन्। उनी नआउने भएपछि 'दबङ्ग टुर' पनि स्थगित भएको छ।

आयोजकले सलमानले मागेजति रकम दिन नसक्ने भएपछि कार्यक्रम स्थगित भएको बताइएको छ।

आयोजकले जेठ १४ गते भनिएको कार्यक्रममा सहभागी हुनेलाई ५ हजारदेखि २५ हजारसम्मको टिकट बेचिसकेका छन्। 

सलमानलाई नेपाल ल्याउन पर्यटन मन्त्री प्रेम आले आफैँ खटिएका थिए। उनले सलमानसँग भिडिओ संवाद गरेका थिए।

यसअघि नेपाल आएका सलमानका भाइ सोहेललाई आलेले होटल सोल्टीमै पुगेर भेट पनि गरेका थिए। 

तर आयोजकले सलमान नआउनेबारे अहिलेसम्म केही बोलेको छैन। दशरथ रंगशालामा गर्ने भनिएको सलमान सहभागी हुने कार्यक्रम स्थगित भएको जानकारी विज्ञप्तिमार्फत दिने तयारी आयोजकले गरेको छ। 

यो कार्यक्रमम ओडीसी इन्टरटेनमेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुन लागेको थियो। 

कार्यक्रममा सलमान र अरु बलिउड स्टार आउने बताइएको थियो। बलिउड स्टारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, गुरु रन्धावा, मनीष पल र आयुष शर्मा आउने भनेर आयोजकले पोस्टर पनि छापिसकेका थिए। 

सलमान आउने कार्यक्रममा सहभागिताका लागि ५, १०, १५ र २५ हजार दरका टिकट बेचिएको थियो। 

कोभिड महामारी सुरु हुने बेला पनि सलमानलाई नेपाल ल्याउन खोजिएको थियो। त्यसबेला आयोजकमध्येकै युवाहरु विभिन्न विवादमा मुछिएपछि कार्यक्रम भाँडिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .