ad ad

कला


३४ वर्ष पुरानो घटना : जसकारण १ वर्ष जेल जाने भए सिद्धु

३४ वर्ष पुरानो घटना : जसकारण १ वर्ष जेल जाने भए सिद्धु

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १७:२, काठमाडौँ

भारतीय क्रिकेट टोलीका पूर्वब्याट्सम्यान तथा कांग्रेस नेता नवजोत सिंह सिद्धु १ वर्षका लागि जेल जानुपर्ने भएको छ। 

३४ वर्षअघिको एक घटनामा जोडिएका उनलाई अदालतले १ हजार रुपैयाँ जरिवाना गरेर छाडिएकोमा उक्त फैसला पुनरवलोकन भएपछि भारतीय सर्वोच्च अदालतले उनलाई १ वर्षको जेल सुनाएको हो। 

भारतीय मिडियाहरुका अनुसार यो १९८८ डिसेम्बर २७ मा पटियालामा भएको एक विवादको घटना हो। पार्किङलाई लिएर त्यो समयमा विवाद भएको थियो। पीडित र अन्य दुई जना बैंकबाट पैसा निकाल्न गइरहेका थिए। सडकमा एक जिप्सी थिए। उनलाई हटाउन सिद्धुलाई अराइयो। त्यहाँ विवाद भयो। 

प्रहरीका अनुसार त्यसबेला सिद्धुले पीडितलाई कुटपिट गरेर भागेका थिए। पीडितलाई अस्पताल त लगियो तर उनको मृत्यु भयो। 

त्यतिबेला सिद्धु भारतीय टिमका स्टार थिए। उनी २५ वर्षका थिए। उनले गुरनाम सिंह नामका ६५ वर्र्षीय व्यक्तिलाई कुटपिट गरेका थिए। डाक्टरहरुले उनको मृत्युको कारण टाउकोमा गहिरो चोट भएको बताएका थिए। 

सन् २००६ मा यो मामिलामा उच्च अदालतले सिद्धुलाई ३ वर्षको जेल सजाय दिएको थियो। सिद्धु र एक अन्यलाई हत्या अभियोगमा दोषी मानी यो सजाय दिइएको थियो। उनले पछि सर्वोच्च अदालतमा यसविरुद्ध चुनौती पेस गरे। अदालतले त्यसपछि सिद्धुलाई १ हजार जरिवाना तिराएर सफाइ दियो। 

तर पीडित परिवारले यो मामिलामा सर्वोच्चमा पुनरावेदन दिए। त्यसपछि सर्वोच्चले आफ्नो अघिल्लो फैसला बदर गर्दै १ वर्ष जेल सजाय दिएको हो। 

क्रिकेट छोडेयता सिद्धु भने राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनले सन् २००४ मा भाजपाबाट उठेर लोकसभा चुनाव जितेका थिए। सन् २००९ मा पनि उनले जित हासिल गरे। सन् २०१७ मा भने उनी कांग्रेसमा प्रवेश गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .