कला


सकिएकै हो त आर्यनको युग?

सकिएकै हो त आर्यनको युग?

नेपालखबर
बैशाख २१, २०७९ बुधबार ८:३४, काठमाडौँ

नेपाली फिल्म उद्योगमा एकताका अभिनेता आर्यन सिग्देलको बेग्लै चर्चा थियो। उनलाई लिएर फिल्म बनाउन पालो कुर्ने निर्माता पनि थिए। तर हिजोआज उनी फुर्सदिला भएका छन्। 

उनले अभिनय गरेका फिल्म चल्न पनि छाडेका छन्। ठूलो पर्दामा दुई वर्ष यता नदेखिएका आर्यनलाई उनका दर्शकले म्यूजिक भिडियोमा हेरेर चित्त बुझाउनु परेको छ। 

दुई वर्षअघि रिलिज भएका ‘हजार जुनी सम्म’ र ‘च च हुँई’ असफल भएपछि आर्यन फिल्ममा देखिएका छैनन्। त्यसपछि ‘डिसेम्बर फल्स’मा काम गरेका आर्यनको यो फिल्म कहिले प्रदर्शन हुन्छ टुंगो छैन्। फिल्मको निर्माण कार्य नै पुरा भएको छैन्। 

आर्यन भने आफू सधैं फुर्सदिलो भएकाले अहिलेको फुर्सदसँग गुनासो नभएको बताउँछन्। उनले आफ्नो व्यस्त समयमा पनि अरुले दिनमा दुई सेड्युल बनाएर काम गर्दा आफूले दुई फिल्ममा मात्रै काम गरेको सुनाए। 

आफूले अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा आर्यनले संघर्षका दिन सम्झिए। ‘मलाई ती संघर्षका दिनमा फर्किएर जान मन लागेको छ,’ आर्यनले भने, ‘म त्यतिबेला निकै खुसी थिएँ, मलाई अहिले पनि त्यही समयमा फर्किन मन छ।’
 
पछिल्लो समय फिल्मकै जत्तिको प्रचार र कन्टेन्टका कारण अरुका म्यूजिक भिडियोले बजार पिट्दा पनि आर्यनका म्यूजिक भिडियोले भने दर्शक पाउन सकेका छैनन्। 

फिल्म र म्यूजिक भिडियो दुबै चल्न छाडेपछि धेरैले आर्यनको युग सकिएको विश्लेषण गर्न थालेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad