प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्य र गायिका मिलन नेवारले आवाजमा ‘सानी र्याइँ र्याइँ र्याइँ बोलको गीत सार्वजनिक भएको छ।
देव गहतराजको प्रस्तुतिमा बिहीबार उक्त गीत भिडियोसहित सार्वजनिक भएको हो। गहतराजकै शब्द र सङ्गीत रहेको गीतको सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका हुन्।
लोक शैलीमा आधारित डान्सिङ शैलीको गीतलाई म्युजिक भिडियोसहित तयार पारिएको छ। कविराज गहतराजले निर्देशन गरेको गीतमा गायक तथा अभिनेता प्रकाश सपूत र आँचल शर्माको अभिनय छ।
सौरभ लामाको छायाङ्कन अनि अर्जुन जिसीको सम्पादन रहेको भिडियोको रङ्ग संयोजन रेनिश फागोले गरेका छन् ।
किरण विक र कमल थापाले रेकर्ड गरेको गीतको मिक्सिङ अनि मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
नयाँ वर्ष २०७९ को अवसर पारेर सार्वजनिक गरिएको गीतलाई ‘सत्यस्वरुप’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।
भिडिओ
Shares

प्रतिक्रिया