बलिउड अभिनेत्री करिना कपूर खानले आफ्ना पति अभिनेता सैफ अली खान हरेक दशकमा बुबा बन्ने बताएकी छन्।
सैफकी दोस्रो पत्नी करिनाले भोग इन्डियासँगको संवादमा आफ्ना पतिबाट हरेक दशकमा एउटा बच्चा हुने टिप्पण गरेकी हुन्।
‘सैफको हरेक दशकमा एउटा बच्चा हुन्छ- २०, ३०, ४० र ५०। मलाई लाग्छ, सैफजस्तो फराकिलो सोच भएका व्यक्ति मात्रै चार सन्तानका बुबा हुन सक्छन्’, करिनाले भनेकी छन्, ‘उहाँ सबैलाई आफ्नो समय दिनुहुन्छ।’
अभिनेता सैफ अली खान ४ सन्तानका पिता भइसकेका छन्।
पहिलो पत्नी अभिनेत्री अमृता सिंहबाट सारा र इब्राहिम दुई सन्तान जन्माइसकेका सैफले दोस्रो श्रीमती करिनाबाट पनि तैमुर र जहांगिर दुई छोरा भइसकेका छन्।
477
Shares

प्रतिक्रिया