कला


चर्चित गीत ‘पियारी’का गायक जोसेफले ल्याए ‘रुप्स्या काली’ (भिडिओ)

चर्चित गीत ‘पियारी’का गायक जोसेफले ल्याए ‘रुप्स्या काली’ (भिडिओ)

नेपालखबर
चैत ७, २०७८ सोमबार १६:३३, काठमाडौँ

युवा गायक जोसेफ शाही ठकुरीको युगल गीत ‘रुप्स्या काली’ सार्वजनिक भएको छ। 

सोमबार गायक शाहीको आफ्नै युट्युब च्यानलबाट गीतको भिडिओ सार्वजनिक गरिएको हो। 

लोक फ्युजन शैलीको गीतमा जासेफ र चर्चित गायिका अस्मीता अधिकारीको युगल गायन छ। सुदूर र मध्यपश्चिमका जिल्लामा प्रयोग हुने ठेट भाषा गीतका शब्दमा प्रयोग गरिएको छ। 

आफैँले सिर्जना गरेका शब्दमा गायक जोसेफले नै संगीत भरेका हुन्। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीको ध्वनि सम्पादन छ।

गीतको भिडिओमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको अभिनय हेर्न सकिन्छ।

बसन्त कुवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडिओ मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायाँकन गरिएको हो। 

सहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्काउदै एकोहोरो पछ्याएको कथावस्तु रहेको गीतको भिडिओ निर्देशन गौरव गिरीले गरेका हुन्। 

यसअघि जोसेफले गाएको देउडा शैलीको गीत ‘पियारी’ चौतर्फी निक्कै रुचाइएको थियो । लोक शैलीको रोमान्टिक गीत ‘रुप्स्या काली’लाई पनि आम श्रोता/दर्शकले मन पराउने अपेक्षा लिएको गायक शाहीले बताए। 

भिडिओ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad