कला


पैसा चोरेको आरोपमा अभिनेत्री रूपा दत्त गिरफ्तार, ७५ हजार बरामद

पैसा चोरेको आरोपमा अभिनेत्री रूपा दत्त गिरफ्तार, ७५ हजार बरामद

फाइल तस्बिर : अभिनेत्री रूपा दत्त


नेपालखबर
फागुन ३०, २०७८ सोमबार १५:५२, काठमाडौँ

बंगाली फिल्मकी अभिनेत्री रुपा दत्त चोरीको आरोपमा पक्राउ परेकी छन्। रुपा तिनै अभिनेत्री हुन्, जसले बलिउड निर्देशक अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाएकी थिइन्। 

उनै अभिनेत्री अहिले इन्टरनेसनल कोलकाता बुक फेयरबाट पैसा चोरेको आरोपमा गिरफ्तार भएकी हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले रुपाको साथबाट ७५ हजार भारतीय रुपैयाँ बरामद गरेको छ। 

घटना शनिबार रातिको हो। कोलकाताको विधाननगर नर्थ पुलिस स्टेसनका अनुसार एक महिलाले फोहोरको डिब्बामा ब्याग फ्याँकेपछि तत्काल अन्य प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान गर्दा त्यो ब्याग फ्याँक्ने महिलो अभिनेत्री रुपा नै भएको पत्ता लागेको हो। साथै उनले फालेको त्यस ब्यागबाट ७५ हजार रुपैयाँ भेटिएको हो। 

प्रहरीले अभिनेत्री रुपालाई गिरफ्तार गरेको छ। अब उनलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अभिनेत्री रुपाले सन् २०२० मा बलिउड फिल्म निर्माता तथा निर्देशक अनुरागले आफूलाई अश्लील सन्देश पठाएको आरोप लगाएकी थिइन्। तर अनुसन्धानमा उनलाई सामाजिक सञ्जालमा म्यासेज पठाउने पुरुषको नाम अनुराग भएको तर उनी अर्कै भएको पत्ता लागेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad