एकजना नाबालिग गायिकालाई यौन हिंसा गरेको अभियोग लागेका अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताले बहस गर्ने भएका छन्।
पीडितको गायिकाको न्यायका लागि बहसमा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारीले आग्रह गरेकी थिइन्।
त्यसपछि हालसम्म २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन्। उनीहरुले तनहुँ पुगेर नाबालिगको पक्षमा बहस गर्ने भएका छन्।
गत फागुन ११ गते नाबालिग गायिकाले तनहुँ प्रहरीमा पलविरुद्ध जवरजस्ती करणाीको जाहेरी दिएकी थिइन्। उनले पलविरुद्ध नवलपरासी प्रहरीमा पनि जाहेरी दिएकी छन्।
गायिकाको जाहेरीको पाँच दिनपछि पलले प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए। उनलाई सुरुमा सात दिनको समय सकिएपछि प्रहरीले थप १२ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया