नेपाली गीत संगीतहरुमा मातृभूमी प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत ‘गोर्खालीको शान’ को भिडिया सार्वजनिक भएको छ।
गोखार्लीले गरेको योग्दान र पुर्खाले गरेको बलिदान बाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दै गीतमा देश प्रतिको मायालाई समेटिएको छ। सार्वजनिक गीतमा गायक कृष्ण केसी र गायिका सोनु घिसिङको आवाजमा रहेको छ।
सुवास जिसीको शब्द तथा कृष्ण केसीको संगीतमा तयार पारिएको गीतमा देश प्रतिको माया र स्नेहलाई समेटिएको छ। विदेशीको हस्तक्षेपबाट नेपालको भूमी गुम्न नदिनको लागी गीतले नेपालीलाई एकजुट हुन आग्रह गरिएको छ। सुवास जिसीको छायाँकन, पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ।

प्रतिक्रिया