कला


पल प्रकरण : निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

पल प्रकरण : निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

फाइल तस्बिर : निर्देशक सुदर्शन थापा


नेपालखबर
फागुन १४, २०७८ शनिबार १४:२३, काठमाडौँ

नाबालिग बलात्कार आरोपमा प्रहरीमा उजुरी परेपछि फरार अभिनेता पल शाहले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्रेको छ।​

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा शनिबार दिउँसो​ अन्तर्वार्ता दिएर फर्किँदै गर्दा थापालाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको कार्यक्रम सञ्चालक ऋषि धमलाले जानकारी दिएका छन्। ​

निर्देशक थापालाई महानगरीय प्रहरी वृत्त (बानेश्वर) ले समातेको हो।

चार दिनदेखि पल शाहलाई पक्राउ गर्न खोजिरहे पनि उनी नभेटेपछि प्रहरीले उनका निकटका व्यक्तिहरुसँग सोधखोज गरिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए। 

नाबालिग बलात्कार अभियोगमा अभिनेता शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ। त्यसलगत्तै उनी फरार भएका हुन्। 

‘पल शाहको बारेमा उहाँलाई केही जानकारी छ कि भनेर सोधखोजका लागि बोलाइएको हो। उहाँलाई जानकारी छ भन्ने सूचना आएको थियो त्यही भएर के जानकारी छ त भनेर सोध्नलाई हो’, एसएसपी गिरीले नेपालखबरसँग भने, ‘म्याद थप गर्न र मुद्दा चलाउने उद्देश्यले होइन। पछिल्लो समय उहाँको पल शाहसँग बढी सम्पर्क देखिएको छ।’

थापालाई मुद्दाका विषयमा भन्दा पनि पल शाहको बारेमा सूचना लिएर पक्राउमा सहयोग पुग्छ कि भन्ने हिसाबले बोलाइएको एसएसपी गिरीले बताए। 

प्रहरीले पल शाहसँग सम्पर्क देखिएका अन्य व्यक्तिलाई पनि सोधिखोजी गरिरहेको छ। 

पल शाह र पूजा शर्मा अभिनित तथा थापाको निर्देशनमा निर्मित ‘म यस्तो गीत गाउँछु २’ फिल्म हिजो शुक्रबार मात्र देशभरका हलमा प्रदर्शन सुरु गरिएको छ।

यो पनिपल शाहविहीन प्रिमियर शोमा रुवाबासी! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad