कला


पल शाहविहीन प्रिमियर शोमा रुवाबासी!

पल शाहविहीन प्रिमियर शोमा रुवाबासी!

नेपालखबर
फागुन १२, २०७८ बिहिबार २०:९, काठमाडौँ

अभिनेता पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ भोलि फागुन १३ गतेदेखि देशभरका हलमा रिजिल हुँदै छ। यसको उत्सव मनाउनुपर्ने बेला नायक पल भने प्रहरीबाट लुकेर बस्न बाध्य छन्। 

एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहविरुद्ध उजुरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको हो। 

बलात्कार मुद्दामा ‘फरार’ पल शाहले दिए यस्तो ‘प्रमाण’

यसैकारण हिजो बुधबार आफ्नो फिल्मको प्रिमियरमा पनि उनी सहभागी हुन सकेनन्। 

पलकै कारण फिल्मको प्रिमियरसमेत ढिला सुरु भएको थियो। काठमाडौंको कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कप्लेक्स’ मा प्रिमियिर आयोजना गरिएको थियो। साँझ साढे ५ मै सुरु हुने भनिएको प्रिमियर पलकै कारण साढे ७ बजे मा सुरु मात्र सुरु भएको थियो। 

नायक पलबिनाको प्रियमिरमा सबै भावुक भएका थिए। फिल्ममा पलसँगै प्रमुख भूमिकामा रहेकी अभिनेत्री पूजा शर्मा त सञ्चारमाध्यमकै अगाडि रोइन्। फिल्म सकिनासाथ निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा भाव विह्वल बनेका थिए। 
मिडियासँग बोल्दा पनि पूजा भक्कानिइनन्।

 ‘फागुन १३ देखि फिल्म रिलिज हुँदै छ। एउटा उत्साह छाइरहेको थियो’, पूजाले भक्कानिँदै भनिन्, ‘छाउँदा छाउँदै कस्को नजर लाग्यो थाछैन’। 

अभिनेत्री निरुता सिंह र निर्देशक दिपाश्री निरौला पनि ‘यस्तो त कसैलाई नपरोस्’ भन्दै आँखा पुछ्न थाले।

याे पनि : पलले आफूलाई फसाएको आरोप लगाएपछि दुर्गेशको प्रतिक्रिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad