कला


पल शाहबाट ‘पीडित’ले भनिन्: वास्तविक कुरा इडिट गरेर अडिओ सार्वजनिक भएको रहेछ!

पल शाहबाट ‘पीडित’ले भनिन्: वास्तविक कुरा इडिट गरेर अडिओ सार्वजनिक भएको रहेछ!

फाइल तस्बिर : अभिनेता पल शाह।


नेपालखबर
फागुन १३, २०७८ शुक्रबार १२:१, काठमाडौँ

एक नाबालिगलाई जर्बजस्ती करणी गरेको आरोपमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गरिएको छ। पक्राउ पुर्जी जारी भएको दुई दिन बितिसक्दा पनि प्रहरीले उनलाई पक्रन भने सकेको छैन। 

प्रहरीको फरार सूचीमा रहेका पलले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत केही अडिओ सार्वजनिक गर्दै आफूलाई फसाइएको दाबी गरेका छन्। 

यो पढ्नुहोस् : बलात्कार मुद्दामा ‘फरार’ पल शाहले दिए यस्तो ‘प्रमाण’

यता पीडित किशोरीले भने पलको यो कार्यले आफूलाई थप पीडा दिएको गुनासो गरेकी छन्। 

उनले सम्बन्धले दिएको पीडाले केही समय मिडियामा समेत आउन नसकेको बताएकी छन्। 

एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै ती किशोरीले आफू कसैको उक्साहटमा उजुरी दर्ता गर्न नगएको बताएकी छन्। उनले आफू साँच्चै अन्यायमा परेको भनेर रुँदै सुनाएकी छन्। 

किशोरीले आफूले अन्धो भएर पललाई माया र विश्वास गरेको तर उनले स्वार्थ पूरा भएपछि छाडेको आरोप लगाएकी छन्। आफूविरुद्ध अन्याय भएका सार्वजनिक घटना सबै सत्य भएको उनको जिकिर छ। 

यो घटना बाहिर नल्याउन आफूलाई दबाब दिइएका कारण विभिन्न समयमा पलको बचाउमा बोल्न बाध्य भएको ती किशोरीले बताएकी छन्। यस क्रममा किशोरीले पलसँग आर्थिक बार्गेनिङ गरेको कुरा झुटो भएको दाबीसमेत गरेकी छन्। 

उनले भनेकी छन्, ‘मैले पीडा सहन नसकेर साथीहरूलाई बताएको हुँ। मैले धेरै कुरा बाहिर नल्याएकाले धेरैले मलाई गाली गर्नुभएको छ। आर्थिक बार्गेनिङको कुरा झुटो हो। वास्तविक कुरा इडिट गरेर केही अडिओ सार्वजनिक भएको रहेछ।’

उनले आफू दोषी भएका खण्डमा पनि कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad