एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियाेगमा अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको छ। त्यसपछि पललाई प्रहरीले खोजिरहेको छ।
प्रहरी कार्यालयमा उजुरी पर्नुअघि नै पलले आफूविरुद्ध षड्यन्त्र भएको दाबी गरिरहेका थिए।
प्रहरीमा उजुरी परेको भोलिपल्ट बिहीबार बिहान पनि उनले आफूलाई फसाउन रचिएका योजनाका अडिओ भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्।
अडिओमा एक समय पलका मिल्ने साथी दुर्गेश थापाको स्वर पनि सुनिन्छ। उनले पीडित नाबालिगलाई पलविरुद्ध लाग्न उक्साइरहेका सुनिन्छ।
दुर्गेशको साथमा पलका म्यानेजर कृषणप्रसाद जोशी, गायक तथा भिडिओ निर्माता सरोज ओली र गायक सम्राट चौलागाई पनि बाेलेकाे सुनिन्छ।
पलले अडिओ सार्वजनिक गरेपछि दुर्गेशले आफ्नो नाम लिएर पल नजोगिने प्रतिक्रिया दिएका छन्।
दुर्गेशले पीडित नाबालिगले नै पटकपटक आफूसँग सम्बन्ध राखेको भनिसकेकाे अवस्थामा अरु साथीको नाम लिएर छुटकारा नपाइने टिप्पणी गरेका छन्।
पीडितसँग पल भागिरहेपछि उनीहरु दुई जनालाई मिलाउन कुरा गर्न राखेको दाबी दुर्गेशकाे छ। कुरा नबिग्रियोस् भनेर समझदारीमा कुरा मिलाउन खोज्दा पल आफूबाट पनि टाढा भएको दुर्गेशकाे भनाइ छ।
कृष्ण जोशीलाई पनि पलले म्यानेजरबाट निकालेको र काण्ड बाहिरिएपछि पुनः लिएको दुर्गेशको भनाइ छ। घटना सार्वजनिक भएपछि कृष्णले मिलाउनलान् भनेर पुनः म्यानेजरमा राखिएको दुर्गेश बताउँछन्।
उनले पलप्रति पीडित केटी निकै क्रेजी रहेको र पलसँग विवाहबाहेक अरु मान्य नहुने बताएको दुर्गेशले सुनाएका छन्।
‘सार्वजनिक अडिओको छलफल घटना घटिसकेपछिको हो’, दुर्गेश भन्छन्।
यो छलफलअघि पनि पल र पीडितसँग बसेर दुई वर्षपछि विवाह गर्ने सहमति गरेको दुर्गेशले सुनाए।
Shares

प्रतिक्रिया