कला


शैक्षिक भिडियोमा अनमोल

शैक्षिक भिडियोमा अनमोल

नेपालखबर
फागुन ४, २०७८ बुधबार १०:४६, काठमाडौँ

अभिनेता अनमोल केसी एम्पाएर इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेससँग जोडिएका छन्।

एक वर्षको लागि अनुबन्धित भएका अनमोलले फोटोशुट, टीभीसी (टेलिभिजन कमर्सियल ) सँगै एम्पाएरले गर्ने विभिन्न सचेतना मुलक शैक्षिक इभेन्टमा सहभागी हुनेछन्।  उनले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई एम्पाएरको तर्फबाट सही सूचना पुर्‍याउने छन्। 

अनमोलले एम्पाएरको लागि फोटोशुटसँगै केही दिन अगाडी मात्र टीभीसी शुट गरिसकेका छन्। उनको टिभीसीलाई शैक्षिक शैलीमा तयार गरिएको सञ्चारकर्मी तथा निर्देशक कुवेर डंगोलले बताए। केहि समय अगाडी डंगोलसँगै फोटोशुट सम्पन्न गरेका अनमोलले काम टीभीसीको काम पनि सकाएका हुन्। 

‘हामीले टिभीएडको लागि २५ सेकेण्ड लम्बाई रहेको भिडियो तयार पारेका छौँ। यहाँ अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो संदेश छोडिएको छ’ निर्देशक डंगोलले भने।  

टिभीसीमा अनमोललाई क्याजुअल लुक्समै सरल तरिकाले प्रस्तुत गरिएको छ। एम्पाएरले विद्यार्थीलाई दिँदै आएको सेवालाई ध्यानमा राख्दै टीभीसी तयार गरिएको निर्देशक डंगोलले जनाए।  रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा कलर रहेको छ।

पछिल्लो पुस्तामा सबैभन्दा महँगा र डिमाण्ड भएका अभिनेताको रुपमा चिनिएका अनमोलले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई एम्पाएरसँग जोडिएको जानकारी शेयर गर्नेछन्।

 केही समययता विभिन्न ब्राण्डसँग जोडिएका अनमोलले आफ्नो फ्लोअर्स मार्फत विद्यार्थीमाझ सही जानकारी पुर्‍याउने उदेश्यका साथ एम्पाएरको ब्राण्ड एम्बेसडर बन्न तयार भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad