कला


सविन राईको स्वरमा ‘चिसो एस्ट्रे’को ‘बाबा पशुपति’ सार्वजनिक

सविन राईको स्वरमा ‘चिसो एस्ट्रे’को ‘बाबा पशुपति’ सार्वजनिक

नेपालखबर
फागुन ४, २०७८ बुधबार १०:३४, काठमाडौँ

चैत ११ गते प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ। फिल्मले शिवरात्रिलाई लक्षित गरी सोमबारको दिन गीत सार्वजनिक गरेको हो। 

सार्वजनिक गीतमा सविन राईको आवाज रहेको छ। पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन्।

उनले स्वर सुहाउँदो कम्पोजिसन र गीतको शब्द पनि रोचक रहेकाले गीत गाउन रमाइलो भएको प्रतिक्रिया दिएका छन्। गीतमा संगीत अजर जंगमको रहेको छ भने शब्द रचना दिनेश पाल्पालीले गरेका हुन्। 

दिनेश पाल्पालीको निर्देशन रहेको फिल्मको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ। अजर जंगमको स्वर तथा संगीत रहेको सो गीतको फरक खालको भिडियो धेरैले रुचाएका थिए। 

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले  प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेश बाबुलाई प्रवीन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्। फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना,  नविन ढुंगाना र सुजन खतिवडा रहेका छन्।

फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ।

भिडियो- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad