कला


सागर लम्साल ‘बले’ अभिनित ‘कहानी एकादेशको’ (भिडिओ)

सागर लम्साल ‘बले’ अभिनित ‘कहानी एकादेशको’ (भिडिओ)

नेपालखबर
फागुन २, २०७८ सोमबार २२:४, काठमाडौँ

सागर लम्साल ‘बले’ अभिनित ‘कहानी एकादेशको’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।

गीतको भिडिओ सार्वजनिकपूर्व नै चर्चा पाएको यस गीतको भिडिओ सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो। छायांकनको क्रममा पञ्चेबाजा बजाउने क्रममा सागरको नाकबाट रगत नै बगेको थियो। उक्त क्लिपले निकै चर्चा पाएको थियो।

दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको एकादेशको कथा बोलको गीतको भिडिओमा सागर लम्साललाई सुप्रिया खनालले साथ दिएकी छन्।

दीपकप्रसाद आचार्य, सन्देश लामिछाने, भावना आचार्य लुरी, शालिकराम भण्डारी लगायतकाको अभिनय रहेको छ। गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’ले सागर लम्साल बलेको अभिनयको प्रशंसा गर्दै आफूहरुको मिहनेतलाई सबैले रुचाउनेमा विश्वास व्यक्त गरे।

दीपक सापकोटा ‘भान्जा’को शब्द संगीत रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ। चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडिओलाई पवन सुस्लिङले खिचेका हुन्। 
‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर सार्वजनिक गरेको गीतको भिडिओले सामाजिक सन्देश बोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad