नेपाली कथानक चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन सुरु भएको छ।
सोमबारबाट छायांकन सुरु भएको यो चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र हास्यकलाकार जीतु नेपालले शिर्ष भूमिकामा रहेर अभिनय गर्नेछन्।
फिल्म पर्वतको भुक देउरालीबाट छायांकन सुरु गरिएको हो। जीतुले सामाजिक सञ्जालमा फोटो राख्दै फिल्मको जानकारी दिएका हुन्।
कपिल रिजालले निर्देशन गर्ने यो चलचित्रले समसामयिक विषयलाई उठान गर्नेछ। निर्देशक रिजाल यहि चलचित्रबाट निर्देशनमा डेब्यु गर्दै छन्।
जीत र साम्राज्ञीका साथमा यो चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाल लगायतका कलाकार पनि शीर्ष भूमिकामा देखिनेछन्।
192
Shares
प्रतिक्रिया