नेपाली सिने उद्योगमा धेरै अभिनेतासँग नाम जोडिने अभिनेत्री हुन्– पूजा शर्मा।
आफ्नै ब्यानरको फिल्मले मात्रै करिअर जोगाएकी पूजा म्यूजिक भिडियोमा भने ब्यस्त नै देखिन्छिन्। फिल्म चलाउने फण्डामा फिल्मनै पिच्छे फरक फरक अभिनेतासँग नाम जोडिने पूजाको अभिनेता आकाश श्रेष्ठसँग भने सम्बन्ध केही लामो देखियो।
आकाश र पूजाको जोडीलाई लिएर केही निर्माता निर्देशकले म्यूजिक भिडिओ निर्माण गरे। जोडीका रुपमा यी दुई भिडिओ प्रमोसनमा राम्रो साथ दिन्थे। तर आकाश र पूजाको सम्बन्धमा दरार आयो। उनीहरुको रोनाधोना पनि निक्कै देखियो।
अहिले आकाश र पूजाको जोडी म्यूजिक भिडिओमा देखिन छाडेको छ। आकाशसँगको सम्बन्धमा आएको चिसोपनको फाइदा अर्का अभिनेता पुष्प खड्कालाई पुगेको छ। पछिल्लो समय पूजा र पुष्पको जोडी जमेको देखिन्छ। पूजाको रोजाइमा पछिल्लो समय पुष्प पर्न थालेका छन्।
पूजा र आकाशलाई लिएर थुप्रै म्यूजिक भिडिओ निर्माण गरेका निर्देशक निकेश खड्काले आफ्ना पछिल्ला म्यूजिक भिडिओमा पुष्पलाई खेलाइरहेका छन्। यो जोडी अब ब्याक टु ब्याक म्यूजिक भिडिओमा देखिने गरी प्याक भैसकेका छन्।
६ वर्षअघि चलचित्र ‘अझै पनि’मा पूजाको जोडीका रुपमा काम गरेका पुष्प ६ वर्षपछि बल्ल उनको रोजाइमा परेका छन्। तर पुष्पसँग पनि उनको दोस्ती कतिदिन टिक्छ भन्न सक्ने अवस्था छैन्।
Shares
प्रतिक्रिया