अमेरिकी मोडल तथा महिला व्यवासायी काइली जेनरले इन्स्टाग्राममा कीर्तिमान बनाएकी छन्।
फोटो र भिडिओ सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा फलोअर्सको संख्या ३० करोड पुर्याउने पहिलो महिला बनेकी हुन्।
योसँगै उनले पप स्टार एरियाना ग्रान्डेलाई पछाडि पारेकी छन्। काइली एक रियालिटी टीभी स्टार र पेसाले व्यवसायी हुन्, उनी एक कस्मेटिक कम्पनीकी संस्थापक पनि हुन्।
इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने सूचीमा पहिलो नम्बरमा इन्स्टाग्रामको आफ्नै अफिसियल अकाउन्ट छ। यसका फलोअर्स ४६० मिलियन छन्।
योसँगै पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो दोस्रो नम्बरमा छन्। जसलाई ३८९ मिलियन प्रयोगकर्ताले फलो गरेका छन्।
काइली जेनर तेस्रो नम्बरमा छिन्।
147
Shares
प्रतिक्रिया