नायिका दिया पुन सगरमाथा चढ्ने भएकी छन्।
यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले अब विश्वको सर्वाेच्च शिखर आरोहरण गर्ने भएकी हुन्।
‘वि नेपाली’ अनलाइनका अनुसार उनले निजी खर्चमा अप्रिलमा सगरमाथा आरोहण गर्न लागेकी हुन्।
सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने उनले बताएकी छन्।
उनका अनुसार ती हुन्– बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, आफू कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एन्ड युथ फर्स्ट।
सहयोग संकलन लागि नायिका पुनले गोफन्डमीमा अलग–अलग पेज बनाएकी छन्। सगरमाथा चढ्न नेपालस्थित इलाइट एक्सपिडिसन्सले प्रक्रिया पूरा गरिसकेको उनले जानकारी दिएकी छन्। यो कीर्तिमानी आरोही निर्मल पुर्जाको कम्पनी हो।

हङकङमा जन्मेकी नायिका दिया कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि भने बेलायतमा बसिरहेकी छन्।
नायिका पुनले सुरुमा सन् २०१८ मा अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट अकोनकागुवा आरोहण गरेकी थिइन्।
Shares

प्रतिक्रिया