कला


ऋचाको ‘कौसीद’मा पिँजडामा खरायो बोकेका भोला (भिडिओ)

ऋचाको ‘कौसीद’मा पिँजडामा खरायो बोकेका भोला (भिडिओ)

नेपालखबर
पुस २२, २०७८ बिहिबार १७:९, काठमाडौँ

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘कौसीद’को टिजर सार्वजनिक गरिएको छ।

कुमार भाष्करले निर्देशन गरेको यो चलचित्र कोरोना महामारीको समयमा छायांकन गरिएको चलचित्र हो। 

सार्वजनिक टिजरमा चलचित्रका शिर्ष कलाकार भोला सापकोटालाई देखाइएको छ। उनी पिँजडामा खरायो बोकेर धुलो टकटक्याउँदै गरेका देखिन्छन्। प्रदर्शनका लागि तयार भएको ‘कौसीद’ले ऋणको चपेटामा परेको एक पात्रको कथा पर्दामा देखाउने छ। 

चलचित्र ‘कौसीद’मा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सहनिर्माता लक्ष्मण बानियाँ रहेको यो चलचित्रको पटकथा निर्देशक भाष्करकै रहेको छ। 

चलचित्रको कथा लेखनमा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले सहकार्य गरेका छन्। निसाल पौडेलले छायांकन गरेको चलचित्रका दृष्य मित्र डी गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन्।

चलचित्रको प्रदर्शन मिति चाँडै तय गर्ने निर्देशक भाष्करले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad