कला


पूर्वसहकर्मी ‘मुन्द्रे’ र ‘फुलन्देकी आमा’ को भिडन्त

पूर्वसहकर्मी ‘मुन्द्रे’ र ‘फुलन्देकी आमा’ को भिडन्त

नेपालखबर
पुस २२, २०७८ बिहिबार १६:३०, काठमाडौँ

केही महिना अघिसम्म जीतु नेपाल ‘मुन्द्रे’ र उमेश राई ‘फुलन्देकी आमा’ सहकर्मी थिए। जीतुले सञ्चालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’मा यी दुईको निक्कै सुन्दर सहयात्रा देखिन्थ्यो। 

‘मुन्द्रेको कमेडी क्लब’बाट उमेशले राम्रो चर्चा कमाए। स्थापित हुने संघर्षमै रहेका उमेशलाई यही कार्यक्रमले स्थापित बनायो पनि।

तर, उमेश र जितुको यो सहयात्रा लामो समय भने टिक्न सकेन। उमेशले जीतुको साथ छोडेर उस्तै प्रकारको अर्को ‘कमेडी शो’को घोषणा गरे। 

उमेशको उक्त घोषणा जीतुले तत्कालका लागि आफ्नो ‘शो’ बन्द गरे। उनले उमेशले आफूलाई धोका दिएको भन्दै चित्त दुखाए। केही समय उमेश र जीतुको मिडिया मार्फत भनाई आदानप्रदान भयो। ‘धोका दिएकै हो र धोका दिएको होइन’ भनेर एक–अर्कासँग गुनासो गरिरहे। 

‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको केही समयपछि जीतुले पुनः ‘शो’ केही परिमार्जन सहित सञ्चालन गर्ने घोषणा गरे। ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा उनीसँग दिनेश डिसी जोडिने भए। अहिले जीतु आफ्नो प्रशारणको अन्तिम तयारीमा जुटेका छन्। 

यहि बेला ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएका उमेश राईले ‘कमेडी क्लब विथ च्याम्पियन्स’ मार्फत टेलिभिजनमा आउने तयारीमा छन्। उमेशलाई जीतुले ‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा आउँदै गरेको खबर थाहा छैन। 

उनले भने ‘मलाई यो विषयमा अहिलेसम्म केही खबर आएकै छैन।’

उमेशले आफूले ‘मुन्द्रेको कमेडी क्लब’लाई भुल्न नसक्ने पनि बताएका छन्। तर हिजो सँगै सहयात्रा गरेका उमेश जीतुसँग प्रतिस्पर्धा गर्न तम्सिएका छन्। मनोरञ्जन उद्योगका धेरैले उनीहरुको यो प्रतिस्पर्धालाई भिडन्तको रुपमा हेरेका छन्।

जीतुको साथ छोडेर उमेश ‘डान्स च्याम्पियनसिप’मा होस्टका रुपमा देखिए। होस्टका रुपमा भने उमेश असफल देखिएका छन्। उनको क्रेज बिस्तारै घट्दै गएको छ। ‘डान्स च्याम्पियनसिप’मा उनको उपस्थितीलाई लिएर धेरैले गाली गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad