कला


अमेरिकामा स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले यसरी मागे माफी

अमेरिकामा स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले यसरी मागे माफी

दुर्व्यवहारप्रति पश्चाताप गर्दैै गायक राजेश पायल राईलाई रक्सी र खादाले सम्मान गरेर माफी माग्दै पासाङ दावा शेर्पा।


नेपालखबर
पुस १९, २०७८ सोमबार ७:४६, काठमाडौँ

अमेरिकाको न्युयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेका बेला स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले माफी मागेका छन्। 

न्युयोर्क निवासी ससाङ लामाका अनुसार गायक राईलाई दुर्व्यववहार गर्ने पासाङ दावा शेर्पाले पश्चाताप गर्दै रक्सी र खादाका साथ माफी मागेका हुन्। जनजाति समुदायमा यसलाई ‘शिर उभाउनी’ भनिन्छ। 

गायक राजेश पायल राईसँग माफी माग्दै गरेको अर्काे तस्बिर ससाङ लामाबाट।

ससाङ लामाले भनेका छन्, ‘हाम्रो हिमाली संस्कार र किराँती संस्कारमा ‘बिजुली पानी’ राखेर माफी मागी सकेपछि खुला हृदयले माफी दिन्छन्। परापूर्वकालदेखि नै हाम्रा मतवालीका पुर्खाहरूले झगडा-रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन्। अब आगोमाथि घीउ थप्ने काम नगरौं।’ 

यो पनिअमेरिकामा स्टेजमै राजेश पायल राईलाई हातपात: कलाकारहरूद्वारा निन्दा, किन भयो आक्रमण?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad