ad ad

कला


विवाहित महिलाको प्रतियोगिता: दीक्षाले जितिन् वाइवाई मिसेस नेपाल वर्ल्डको उपाधि

विवाहित महिलाको प्रतियोगिता: दीक्षाले जितिन् वाइवाई मिसेस नेपाल वर्ल्डको उपाधि

नेपालखबर
पुस १८, २०७८ आइतबार १०:२६, काठमाडौँ

विवाहित महिलाहरूबीच हुने नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाई मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि दीक्षा केसीले जितेकी छन्। 

शनिबार साँझ सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा काठमाडौं बाफलकी केसी प्रथम भएकी हुन्।

प्रतियोगितामा सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख निर्णायक थिइन्। उनले सोधेको  ‘उपाधि जिते तपाईंले कुन सामाजिक मुद्दालाई अगाडि ल्याउनु हुनेछ’ भन्ने प्रश्नको सटिक जवाफ दिँदै दीक्षा विजेता बनेकी हुन्।  

निर्णायक मण्डलमा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं सदस्य थिए।

२३ प्रतिस्पर्धीलाई उछिनेर वाइवाई मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल दीक्षाले ग्लायलेक्सी जम्बो बासमती राइस लेडी विथ कम्प्यासनको उपाधि पनि जितेकी छन्। 

 

उपाधि जितेसँगै दीक्षाले यही वर्ष हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालका तर्फबाट सहभागी हुन पाउनेछिन्। 

प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इन्टरनेसनल र पविता गिरी एमएस इन्टरनेसनलका उपाधि जितेका छन्। योसँगै उनीहरूले यही वर्ष सिंगापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नेछन्। उषाले रियो मस्ट ट्यालेन्टेड र सिजी सिमेन्ट मस्ट बोल्डको उपाधि पनि जितिन्। 

यस्तै प्रतियोगितामा सुनिता लामा मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप, राजश्री थापा मिसेस नेपाल वर्ल्ड सेकेन्ड रनर्सअप र मनिता प्याकुरेल मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप भएका  छन्। 

सो अवसरमा अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउनसहित मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो। 

रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा प्रतियोगिता सम्पन्न गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .