कबिर खान निर्देशित स्पोर्ट्स ड्रामा ‘८३’ शुक्रबार रिलिज हुँदै छ।
यो फिल्म सन् १९८३ काे विश्वकप क्रिकेटमा भारतको जितमा आधारित छ। बुधबार यो फिल्मको स्पेसल स्क्रिनिङ थियो। स्पेसल स्क्रिनिङमा फिल्ममा अभिनय गरेका कलाकार र १९८३ को क्रिकेट विश्वकप विजेता टोलीका खेलाडी सहभागी भएका थिए। यस फिल्ममा अभिनेता रणवीर सिंह कपिल देवको भूमिकामा छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार धेरैले यो फिल्मका लागि कपिल देवले ८३ वर्ष कुर्नपर्ने अवस्था आउन हुँदैनथ्यो, पहिल्यै बनिसकेको हुनपर्थ्याे भनिरहेका छन्।

स्पेसल स्क्रिनिङमा यो फिल्म हेरेकी अभिनेत्री उर्मिला कोठारेले ट्विट गरेकी छन्, ‘८३ उत्कृष्ट फिल्म हो। रियल लाइफ र रिल लाइफको उत्कृष्ट संयोजन। कपिल देवको भूमिकामा रणवीरले कति गज्जबको भूमिका निर्वाह गरेका छन्। बधाई दिन मसँग शब्दै छैनन्। सबै अभिनेता र अभिनेत्रीले आफ्नो भूमिकामा कुनै कसर बाँकी राखेका छैनन्।’
The film is a marvel... Set to break all records. @RanveerOfficial is soooo fantabulous as Kapil Dev. totally speechless.It was once in a lifetime experience watching @83thefilm with the real-life and reel life players and the makers @kabirkhankk all together...
(1/3) pic.twitter.com/Xg8Mvuvw56 — Urmilla Kothare (@UrmilaKothare) December 23, 2021
रोमी भाटियाको चरित्र
८३ का निर्देशक कबिर खानले हालैको एक अन्तर्वार्तामा फिल्ममा दीपिका पादुकोणको चरित्रबारे धेरै कुरा बताएका थिए। ३६ वर्षीय रणवीर सिंह कपिल देवको भूमिकामा छन् भने दीपिका पादुकोण कपिल देवकी पत्नी रोमी भाटियाको भूमिकामा।
दीपिका र रणवीर सिंह सन् २०१८ मा विवाहपछि पहिलोपटक सँगै फिल्म खेलिरहेका छन्। कबिर खानले आफ्नो अन्तर्वार्तामा दीपिकालाई कपिलकी पत्नीको भूमिका दिनुको कारण रणवीरकी पत्नी हुनुको कारण नभएको बताएका थिए।
कबिर खानले इन्डियन एक्सप्रेससँग भनेका थिए, ‘वास्तविक जीवनको जोडी विवाहपछि पहिलोपटक स्क्रिनमा सँगै देखिनेछ। तर रणवीरसँग विवाह नगरेको भए पनि म यो भूमिकाका लागि दीपिकाकहाँ नै जान्थें। दीपिका अद्भूत नायिका हुन्। उनको उपस्थिति गज्जबको हुन्छ। फिल्मा रोमी देवको चरित्र खासै देखिँदैन, तर जति छ, निकै महत्त्वपूर्ण छ। केही वर्षअघि रोमी र कपिललाई भेटेपछि मलाई रोमीबिना कपिल अधुरो हुन्छ भन्ने लाग्यो। १९८३ को कपिलको यात्रा रोमीबिना अधुरो हुन्थ्याे।’
भारतको ऐतिहासिक जित
सन् १९८३ को विश्वकप क्रिकेटमा भारतले इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो। सोही कथामा आधारित उक्त फिल्म भोलि डिसेम्बर २४ मा हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा एकसाथ रिलिज हुँदै छ।
८३ को समीक्षामा भनिएको छ– रणवीर सिंहले कपिल देवको भूमिकालाई न्याय गरेका छन् र विशेषगरी उनी नटराज पोजमा पूर्ण रूपमा फिट छन्।
उक्त फिल्ममा रणवीर सिंह र दीपिकाका साथ साकिब सलिम मोहिन्दर जिमी अमरनाथको भूमिकामा तथा राज भसिन यशपाल शर्माको भूमिकामा छन् भने सरना यशपाल शर्माको भूमिकामा छन्। तमिल अभिनेता जिवा श्रीकान्तकाे भूमिकामा तथा अम्मी विर्क बलविन्दरको भूमिकामा छन्।
हार्डी सन्धु मदन लालको भूमिकामा छन् भने पंकज त्रिपाठी टोली व्यवस्थापक पीआर मान सिंहको भूमिकामा छन्।
Shares

प्रतिक्रिया