फिल्म ‘फूर्वाः द नेचर गाइ’ युट्युबमा सार्वजनिक गरिएको छ।
वाई के फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा सृजना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
हिमाली भृगको जीवनशैलीलाई फरक ढंगले देखाउन खोजिएको यो फिल्ममा मूलधारका फिल्ममाभन्दा फरक स्वाद भेटिन्छ । ‘फूर्वाः द नेचर गाइ’लाई युगल पोमो लिम्बुले निर्देशन गरेका हुन । फिल्म धादिङको रुबीभ्यालीमा छायाङ्कन गरिएको हो।
यो फिल्मले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा राम्रो प्रतिक्रिया राम्रो प्रतिक्रिया पाएको छ।
दिप्त प्रकाश कश्यपको पटकथा रहेको ‘फूर्वाः द नेचर गाइ’ मा मिनकुमार बिष्टको पाश्र्व संगीत रहेको छ।
बुद्ध थापाले छायांकन गरेको ‘फूर्वाः द नेचर गाइ’ लाई अनिलकुमार महर्जनले सम्पादन गरेका छन । यो फिल्ममा श्याम इङ्गनाम, रेजिना सावा र हिम सिंघकले सयुक्त रुपमा लगानी गरेका छन्।
भिडिओ
Shares

प्रतिक्रिया