कला


चलचित्र निर्माणबारे दाङमा प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन हुँदै

चलचित्र निर्माणबारे दाङमा प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन हुँदै

नेपालखबर
मंसिर २९, २०७८ बुधबार १६:५०, काठमाडौँ

चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरूलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान, सीप तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिन दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ। 

पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा आगामी पुस २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाकार पुरुषोत्तम प्रधान प्रशिक्षक रहनेछन्। 

पाँच दिनसम्म चल्ने कार्याशालामा पटकथा लेखन, निर्देशन, छायांकन र अभिनय विधामा प्रशिक्षण दिइने पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए। 

‘मोफसलमा रहेका चलचित्रकर्मीहरूलाई चलचित्र निर्माणको राष्ट्रिय मूलधारमा जोड्न र मौलिक एवं सार्थक चलचित्र निर्माणको वातावरण बनाउन यो कार्यशाला निकै महत्त्वपूर्ण हुने विश्वास लिएको छु’,  चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad