नवविवाहित सेलिब्रेटी जोडी विक्की कौशल र कटरिना कैफ विवाहपछि डिसेम्बर १० बिहान हेलिकप्टरमा सवाई माधोपुरबाट जयपुरका लागि प्रस्थान गरेका थिए। तर जयपुरपछि यो जोडी कतै भेटिएन। अहिले विक्की कौशल र कटरिना कैफ हनिमुन मनाउन माल्दिभ्समा रहेको खबर आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विवाहपछि यो जोडी पहिले सवाई माधोपुरबाट जयपुर र त्यसपछि त्यहाँबाट दिल्ली पुग्याे। एयरपोर्टमा आफूहरूलाई कसैले नभेटुन् भनेर उनीहरू दिल्ली गएका थिए। विक्की–कट्रिना डिसेम्बर १४ सम्म माल्दिभ्समा हुनेछन्। त्यसपछि कटरिनाले डिसेम्बर १५ मा ‘टाइगर ३’ को सुटिङ सुरु गर्नेछिन् भने विक्की पनि डिसेम्बर २० देखि आफ्नो फिल्मको सुटिङमा फर्किनेछन्।
हनिमुनपछि याे जोडी जुहुको अपार्टमेन्टमा बस्नेछन्
विक्की–कटरिनाको नयाँ घरको भिडिओ सेयर गर्दै बलिउड पापाराजीले लेखेका छन्, ‘विक्की–कैटटरिना हनिमुनबाट फर्किएपछि मुम्बईको जुहुमा रहेको यो नयाँ अपार्टमेन्टमा बस्नेछन्।’
Shares

प्रतिक्रिया