राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा लोक गायक विक्रमजंग शाह निर्वाचित भएका छन्। आफ्ना प्रतिस्पर्धी नवराज ढुंगानालाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका संघले जनाएको छ।
राजधानी काठमाडौंमा सम्पन्न संघको ५औं महाधिवेशनबाट आगामी दुई वर्षको लागि शाहको अध्यक्षतामा नयाँ कार्यसमित चयन भएको छ।
संघको महासचिवमा अमृत खाती विजयी भएका छन्। महासचिवका अर्का उम्मेदवार ऋषि अधिकारीलाई हराउँदै खाती विजयी भएका हुन्।
संघको बाँकी पदाधिकारी भने निर्विरोध चयन भएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा गायक प्रकाश कटुवाल, उपाध्यक्षहरूमा गायिका उमा श्रेष्ठ, मिलन श्रेष्ठ, होम सुवेदी र श्यामसुन्दर धिताल, उपमहासचिवमा गायक विनोद ढकाल र जीवन परियार, कोषाध्यक्षमा गायक राजकुमार हुमागाईं सहकोषाध्यक्ष गायिका सिर्जु अधिकारी, प्रवक्तामा कुमार कार्की, सचिवमा मन्जु गौतम, सूर्य श्रेष्ठ निर्विरोध चयन भएका छन्।
देशभरी गरेर संघका करिब ३ हजार सदस्य छन्। नव निर्वाचित अध्यक्ष शाहले देशभरका संगीतकर्मी तथा कलाकारका समस्या समाधानका लागि आफू लागिपर्ने बताए।

प्रतिक्रिया