अमेरिकाका न्यायाधीशले पपस्टार ब्रिट्नी स्पीयर्सको विवाद सुल्झिाएका छन्। यो विवादको कारण उनले विगत १४ वर्षदेखि स्वतन्त्ररुपमा आफ्नो निर्णय गर्न पाएकी थिइनन्।
यो विवाद सुल्झिएसँगै स्पीयर्सले यो जीवनकै सबैभन्दा उत्कृष्ट दिन भएको प्रतिक्रिया दिएकी छिन्। अब आफ्नो मेडिकल, वित्तीय र व्यक्तिगत निर्णयमा कसैले हस्तक्षेप गर्न पाउनेछैनन्। विवादको कारण उनलाई यो निर्णयमा बन्देज लगाइएको थियो।
न्यायाधीश ब्रेन्डा पेनीले आफ्नो निर्णय सुनाउँदै स्पेयर्स र उनका बाबुबीचको विवाद सकिएको घोषणा गरेकी हुन्। यो विवाद सुरु हुँदा स्पेयर्स २६ वर्षकी थिइन् र करियरको उचाइमा थिइन्।
सन् २०१९ मा स्पेयर्सले लस भेगासमा हुने तय भएको कन्सर्ट रद्द गरिन्। उनले आफूलाई आफ्नो इच्छाविपरीत मानसिक अस्पतालमा राखिएको बताएकी थिइन्। त्यसपछि भने उनका फ्यानले उनलाई स्वतन्त्रता दिनुपर्ने आवाज उठाउन थाले। यो क्रम बढ्दै गएपछि बाबुछोरीको विवाद सुल्झाउने कामले पनि गति लियो।
Shares

प्रतिक्रिया