कला


जनकपुरको रेलवे स्टेसनमा प्रदीप गिरीदेखि गगन थापासम्मको बहस

जनकपुरको रेलवे स्टेसनमा प्रदीप गिरीदेखि गगन थापासम्मको बहस

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ८:५,

‘आइएमई नेपाल लिटरेचर फेस्टिवल २०१९’ को जनकपुर संस्करणका केही सत्र रेलवे स्टेसनमा हुने भएका छन्। कात्तिक २२, २३ र २४ मा हुन लागेको फेस्टिवलमा पाँच सत्रको सञ्चालन जनकपुरदेखि भारतको जयनगर जोड्ने रेलको लिकमा हुनेछन् ।

नेपालको एकमात्र रेलवे स्टेसनमा प्रदीप गिरीले एक घण्टा ‘जानकी मन्थन’ विषयमा मुख्य प्रवचन दिनेछन्। उक्त प्रवचनमा गिरीले जनकनन्दिनी सीतामाथि विचार राख्ने महोत्सवका निर्देशक अजित बरालले जानकारी दिए।

त्यस्तै, ‘स्वाभिमान, सम्मान र अभिमान’ सत्रमा सीके लाल, गगन थापा, नारायण वाग्ले र दीपेन्द्र झाबीच बहस चल्नेछ।

रेलवे स्टेशनमा ‘स्थानीय विकासको खाका’, ‘कस्तो साहित्य र कसको साहित्य?’ र ‘साहित्यमा मधेसी पात्र’ विषयमा बहस हुनेछन्।

‘प्रदेश वा परदेश’ सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सुधीर शर्मासँग कुराकानी गर्नेछन्। जनकपुरलाई भारत, नेपाल र मधेससँग जोडेर छलफल हुनेछ।

‘जयनगरबाट जनकपुरसम्म जोडिएको रेलवेजस्तै नेपाल–भारतबीच आर्थिक तथा राजनीतिक सम्बन्ध छ,’ फेस्टिवलका संयोजक मनिष झा भन्छन्, ‘त्यसैले सांकेतिक रुपमा हामीले राजनीतिक तथा आर्थिक विषयसँग सम्बन्धित बहसहरु यहाँ गर्न लागेका हौँ ।’

फेस्टिवलभर रेलवे स्टेसनसहित जानकी मन्दिर, विवाह मण्डप, गंगासागर र गोपाल धर्मशालामा गरी १२ वटा सत्र सञ्चालन हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .