यस वर्ष काठमाडौं उपत्यकाका तीनलगयात देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न आदेश जारी गरेका छन्।
यो देखेर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जिल्ला प्रशासन कार्यालयहरूलाई व्यंग्य गरेका छन्।
‘अर्को सालदेखि देउसे र भैलेनीलाई सीडीओ कार्यालयले यस्तो सूचना दिन सक्छ– हामीलाई सुरक्षा व्यवस्था मिलाउन ज़्यादै गाह्रो भएकाले घरघरमा गएर देउसी नखेली, सीधै सीडीओ कार्यालयमा आएर देउसी खेल्न अनुरोध गरिन्छ!’
93
Shares

प्रतिक्रिया