तिहार, छठलगायत पर्वमा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले चार बुँदे प्रतिबन्ध जारी गरेका छन्।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै बेहोराका सूचना जारी गर्दै प्रतिबन्ध लगाइएका कुरा नगर्न र गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका हुन्।
यस्ता छन्, तीनवटै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्ला प्रशासन कार्यालयले जारी गरेका सूचनामा उल्लेख ४ बुँदा
१. स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पूजापाठ लगायतका कार्य गर्ने/गराउने। मठ मन्दिर लगायत स्थलहरूमा भीडभाड नगर्ने।
२. पटाका, आतिसबाजीजस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री, वितरण र प्रयोग नगर्ने/नगराउने।
३. मादक पदार्थलगायतका नशाुल पदार्थ सेवन गरी पर्वको समयमा होहल्ला र झैझगडाजस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्ने/नगराउने।
४. कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी देउसी, भैलो, नाचगानलगायतका कार्यहरू राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्ने/नगराउने।
हेर्नुहोस् तल काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि सोही बेहोरोका सूचना जारी गरेका छन्।

Shares

प्रतिक्रिया