अमेरिकामा फिल्म सुटिङका क्रममा हिरोले हानेको गालीले लागेर एक महिलाको मृत्यु भएको छ।
सान्टा फे न्यु मेक्सिकनका अनुसार हलिउड अभिनेता एलेक बाल्डविनले रस्ट फिल्म सुटिङ गर्ने क्रममा बन्दुक चलाउँदा झुक्केर गोली लागी सिनेमाटोग्राफर हालिना हचिन्सको मृत्यु भएको हो।
बिहीबार न्यु मेक्सिकोअन्तर्गत सान्टा फेस्थित बोनान्जा क्रिक -यान्च सेटमा एउटा सिनको सुटिङ क्रममा उनले चलाइरहेको बन्दुकबाट अचानक गोली निस्केर हचिन्सलाई लागेको हो।
त्यस क्रममा फिल्म निर्देशक जोएल सुजा पनि घाइते भएको खबरमा उल्लेख छ।
बाल्डविन फिल्मका सहनिर्मातासमेत हुन्।
उनले उक्त फिल्ममा कुख्याते अपराधी रस्टको भूमिका निर्वाह गरेका छन्। बन्दुकमा असली गोली थियो कि खाली कारतुसमा बारुद भरिएको थियो, स्पष्ट भएको छैन। प्रहरीले फौजदारी अनुसन्धान सुरू गरिएको जनाएको छ।
Shares
प्रतिक्रिया