कला


‘भाभीजी घर पर है’मा आसिफको नयाँ रेकर्ड

‘भाभीजी घर पर है’मा आसिफको नयाँ रेकर्ड

नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार १४:५१, काठमाडौँ

लोकप्रिय शो ‘भाभीजी घर पर है’मा विभूति नारायण मिश्राको भूमिका निभाएका आसिफ शेखले टिभीको दुनियाँमा एक इतिहास रचेका छन्।

आसिफले आफ्नो उत्कृष्ट प्रदर्शनसँगै दर्शकको मन जितेका छन्। यो शोमा लगभग ३ सय फरक भूमिकाको लागि रेकर्डको वर्ल्ड बुकको उपाधिबाट सम्मानित गरिएको छ। उनी आफैंले यो जानकारी इन्स्टाग्राममार्फत् दिएका छन्। 

प्रशंसकहरूसँगै सेलेब्सहरु पनि उनको पोस्टमा बधाई दिइरहेका छन्। आसिफ ६ वर्षयता यस शोसँग जोडिएका छन्। उनले कमेडी गरेर दर्शकहरूलाई हँसाउने गर्छन्।

दिल्लीमा जन्मेका आसिफले ३७ वर्ष पहिले दूरदर्शनको प्रसिद्ध शो ‘हम लोग’बाट आफ्नो करिअर सुरू गरेका थिए। उनी पछिल्लो पटक सलमान खान स्टारर ‘भारत’ मा देखिएका थिए। 

आसिफ शेखले पनि जीवनमा धेरै संघर्ष गरेका छन्। उनले करिअरको सुरुवाती क्षणमा नकारात्मक भूमिकामा काम गरे। धेरै वर्षसम्म काम गरे पछि ‘भाभीजी’ शोबाट विभूति नारायणको नामबाट देखिए। उनले करिब १ सय २५ फिल्ममा काम गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .