खेल


नेपालको फिफा वरियताक्रम खस्कियो

नेपालको फिफा वरियताक्रम खस्कियो

नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार १४:४८, काठमाडौँ

फिफा वरियतामा नेपाली राष्ट्रिय फुटबल टोलीको वरियता खस्किएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ स्थान तल झर्दै १ सय ६९ स्थानमा आइपुगेको छ। 

नेपाल यसअघि १ सय ६८ औँ स्थानमा थियो। नेपालले ९ सय ७२ प्वाइन्ट पाएको छ। 

एक समय १ सय २४ औँ स्थानमा पुगेको नेपाल वरियता खस्कदै गएको छ। नेपालको कमजोर वरियता भनेको १ सय ९६ औँ हो। 

नेपालले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। 

वरियताको शीर्ष स्थानमा बेल्जियम, दोस्रोमा ब्राजिल र तेस्रोमा फ्रान्स छ। साफ च्याम्पियन बनेको भारत भने १ सय ६ स्थानमा छ। भुटान १ सय ८६, बगंलादेश १ सय ८७ र पाकिस्तान १ सय ९७ औँ स्थानमा, माल्दिभ्स १५६ र श्रीलंका २०४औं स्थानमा छ। 

एशियाली फुटबल फेडेरेशन (एफसी) तर्फ पनि नेपाल १ सय ६९ औँ स्थानमा झरेको छ। 

यता महिला फुटबल टोली पनि १ सय १ औँ स्थानमा झरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad