ad ad

कला


दाजु गुरुङले ल्याए दोस्रो कथासंग्रह ‘लाई–सी’ : नेपालीको हङकङ भोगाइ

दाजु गुरुङले ल्याए दोस्रो कथासंग्रह ‘लाई–सी’ : नेपालीको हङकङ भोगाइ

मगेन्द्र राई
कात्तिक २, २०७८ मंगलबार १४:३५, काठमाडौँ

हङकङ निवासी नेपाली कथाकार दाजु गुरुङको दोस्रो कथा संग्रह ‘लाई–सी’ प्रकाशन गरेका छन्। जसमा हङकङमा नेपाली भोगिरहेका सुखदुःखमा आधारित १८ कथा रहेको उनले बताएका छन्। 

संखुवासभा समाज हङकङ र हङकङ साहित्यिक साझा शृंखलाको संयुक्त आयोजनामा हङकङको जोर्डनस्थित बगैँचा रेस्टुरेन्टमा गत आइतबार ‘लाई–सी’ लोकार्पण गरिएको हो।

‘लाई–सी’ स्थानीय चिनियाँ संस्कृतिसँग सम्बन्धित शब्द हो। चिनियाँ परम्पराअनुसार विशेष गरी चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा  विवाहित र पाका व्यक्तिले असल कुराको कामना गर्दै रातो खामभित्र पैसा हालेर दिने प्रचलन छ। यसलाई उपहारका रूपमा लिने गरिन्छ। जसलाई ‘लाई–सी’ भनिन्छ। 

कथाकार गुरुङले नेपालखबरलाई भने, ‘यो कृति नेपाली साहित्य र नेपाली पाठकलाई लाई–सी वा उपहार हो।’

उनका अनुसार हङकङमा नेपाली स्थानीय नागरिकभन्दा हरेक कुरामा पछाडि छन्। यसैले हङकङमा बस्ने आफूहरू भुइँमान्छे भएको उनको भनाइ छ। आफूजस्तै भुइँमान्छेको कथा आफूले उक्त कथासंग्रहमा समेटेको उनले बताए। 

‘हामीले आफ्नो कथा आफैं लेख्नपर्छ। अर्थात् साहित्य लेख्दा आफू बाँचेको वर्तमान र आफू वरिपरिको लेखिनुपर्छ’, उनले भने, ‘हङकङमा बसेर हङकङ नै लेखिनुपर्छ, नेपालको बारेमा लेख्नु सान्दर्भिक हुँदैन।’ 

संखुवासभा मादी नगरपालिका स्थायी घर भएका गुरुङ झन्डै डेढ दशकदेखि हङकङमा बसोबास गरिरहेका छन्।  गुरुङले त्रिविबाट स्तानकोत्तर गरेका छन् भने उनमा प्राध्यापनको अनुभव पनि छ। 

यसअघि उनले सन् २०१८ मा ‘टाँकीका फूलहरू’ कथासंग्रह प्रकाशन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .