लोकप्रिय टेलिभिजन सो ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निर्वाह गरेका अभिनेता तथा पूर्वसांसद अरविन्द त्रिवेदीको निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार (५ अक्टोबर) राति उनको निधन भएको हो।
अभिनेताको मृत्युको खबर उनको निकट नातेदारले पुष्टि गरेका छन्। उनकाे उमेर ८३ वर्ष थियाे।
अरविन्द त्रिवेदीका भतिज कौस्तुभ त्रिवेदीले उनको निधनको पुष्टि गर्दै भनेका छन्, ‘आज (मंगलबार) राति १० बजे उहाँको निधन भयो। २÷३ दिनदेखि उनको स्वास्थ्य बिग्रिएएको थियो, तर त्यस्तो गम्भीर रोग त थिएन।’
2.5k
Shares

प्रतिक्रिया