ad ad

कला


बेलायतका रमणीय स्थल, त्रिकोणात्मक प्रेम, पारुको अर्काे म्युजिक भिडिओ ‘यो माया हैन र?’ (हेर्नुहोस्)

बेलायतका रमणीय स्थल, त्रिकोणात्मक प्रेम, पारुको अर्काे म्युजिक भिडिओ ‘यो माया हैन र?’ (हेर्नुहोस्)

मगेन्द्र राई
असोज ४, २०७८ सोमबार ८:२९, काठमाडौँ

केही महिनाअगाडि मात्र  ‘तिम्रो तृष्णा’ शीर्षकको म्युजिक भिडिओ सार्वजनिक गरेकी गायिका पारु राईले लगत्तै ‘यो माया हैन र?’ बोलको गीत दर्शकमाझ ल्याएकी छन्। 

करिब एक दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी गायिका पारु र मनोज थापा मगरको युगल स्वर रहेको म्युजिक भिडिओ थापा मगरको अफिसियल युट्युब च्यालनबाट शनिबार सार्वजनिक गरिएको हो।

एक दशकअगाडि ‘प्यास’ नामको गीतिसंग्रह निकालेकी पारुको यो चौथो म्युजिक भिडिओ हो।

अहिले सार्वजनिक ‘यो माया हैन र?’ म्युजिक भिडिओमा शब्द स्वयं गायिका पारुकै हुन् भने संगीत तथा एरेन्ज मनोज थापा मगरको छ। बेलायतकै प्लाटफर्म रेकर्डिङ स्टुडिओमा रेकर्ड गरिएको गीतको म्युजिक भिडिओको सम्पादन तथा निर्देशन कुशल श्रेष्ठले गरेका हुन्।

गीतको भिडिओमा गायिका पारु, बेलायती सेनामा कार्यरत मोडल मण्डल थेबे लिम्बू र विपना  गुरुङले अभिनय गरेका छन्। मण्डल लागुऔषध माफियाको भूमिकामा दमदार देखिएका छन् भने पारु जासुसी प्रहरीको भूमिकामा छिन्। 

भिडिओमा त्रिकोणात्मक प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। निकै रोमान्टिक र प्रेमिल म्युजिक भिडिओको छायांकन बेलायतका रमणीय स्थानमा गरिएको हो। 

कन्सेप्ट, सहनिर्देशन र म्युजिक भिडिओ निर्माता गायिका पारु आफैं हुन्।

अझै ४÷५ वर्ष सक्रिय रूपमा म्युजिक भिडिओ निर्माणमा जम्ने कुरा पारुले नेपालखबरलाई बताइन्। 

स्क्रिप्ट लेखन र निर्देशनमा समेत रचनात्मक दक्खल भएकी पारुले प्रावधििकका रूपमा पर्दा पछाडि रहेर भए पनि भविष्यसम्म सांगीतिकि क्षेत्रमा सक्रिय रहने बताइन्। 

‘संगीत महासागर हो, यसको गहिराइमा डुबेर गोता लगाउनुको मज्जा भनिसाध्य छैन’, पारुले भनिन्, ‘गीत संगीतसँगै जोडिएर आउने भाषा, संस्कृति र पहिचान पनि हो, त्यसैले डायस्पोरामा बस्ने नेपालीहरूका लागि त गीत संगीत मातृभूमि नेपालसँग जोडिने सेतु पनि हो।’ 

साथै विदेशमै जन्मेर हुर्किरहेको नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति, संस्कार हस्तान्तरण गर्ने सरल माध्यम पनि गीत संगीत नै भएको उनको भनाइ छ। 

उनले थपिन्, ‘यसले नेपाली भाषा, कला, साहित्य आदिको संवर्द्धन र प्रवर्द्धनसमेत गर्नेछ।’

वर्षमा २/३ वटा म्युजिक भिडिओ बनाउने योजना बनाएकी गायिका पारुले आगामी डिसेम्बरभित्र अर्को म्युजिक भिडिओ ल्याउने तयारी गरेकी छन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .