ad ad

कला


नयाँ पुस्तक : सतीप्रथाकाे चिरफार गर्दै लेखक सुजित मैनालीले ल्याए ‘सती’

नयाँ पुस्तक : सतीप्रथाकाे चिरफार गर्दै लेखक सुजित मैनालीले ल्याए ‘सती’

नेपालखबर
असोज ३, २०७८ आइतबार १३:१८, काठमाडौँ

नेपालको सती प्रथाबारे लेखिएको पुस्तक ‘सती’ बजारमा आएको छ। 

लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती ः इतिहास र मीमांसा’ सार्वजनिक भएको हो। 

पुस्तकले सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे केलाएको छ। 

नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म पतिको मृत्यु भएपछि पत्नी सती जानुपर्ने कठोर चलन थियो।  

वि.सं. १९७७ मा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएसँगै यो चलन अन्त्य भएको थियो। 

सती चलन भनेको पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन हो। 

पुस्तकबारे लेखक मैनाली भन्छन्, ‘समाजशास्त्रका किताब पल्टाउँदै जाँदा महसुस भयो– इतिहास र त्यसको लैंगिक पाटो बुझ्न सकेमात्र समाजको नसनाडी राम्ररी छाम्न सकिने रहेछ।’ 

यही अनुभूतिले आफूलाई किताब लेख्न प्रेरित गरेको लेखक मैनाली बताउँछन्। 

नेपाल र भारतको सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर पुस्तक तयार पारेको उनले बताए। यसमा आठवटा अध्यायहरु छन्। 

त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन्। 

त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएको उल्लेख गरे।

प्रकाशित लेख–रचनाबाहेक अप्रकाशित स्रोत, शिलालेख, पत्र, इस्तियार, लिखत आदिको पनि पुस्तक लेखनमा पर्याप्त उपयोग गरिएको छ । 

यसै साता बजारमा उपलव्ध भएको ‘सती’ किताब पब्लिसर्सले प्रकाशन गरेको हो। 

लेखनमा अन्तर्विधागत पद्धतिलाई जोड दिने सुजित मैनालीको यो दोस्रो किताब हो। यसअघि २०७६ सालमा उनको ‘शिलान्यास ः नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भएको थियो । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .