नेपाली लोक गीत संगीतमा वियोगान्त गीतहरु कम मात्रमा आइरहेको अवस्थामा झझल्को म्युजिक प्रालीको प्रस्तुतिमा गायक मौसम गुरुङ र गायिका विन्दु सुनारको आवाजमा वियोगान्त भावनात्मक गीत ‘उडी सरर’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
चेली र माइती विचको प्रेम र स्नेहलाई गीतमा समेटिएको छ। परदेशमा पसिना बगाउदै गरेको माइती र स्वदेशमा रहेको चेली ले महान पर्वमा दाजुभाई नहुदाँको पिडालाई गीतमा समेटिएको छ। दिलिप रेग्मीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ। परदेशमा कमाउन गएको आफनो भाई जेल परेर बस्दा बाध्यताले चेली ले माइतीलाई टिका लगाउन नपाउदा हुने पिडालाई समेटिएको छ।
मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ। ‘उडी सरर’ गीतको भिडियोमा दिलिप रेग्मी, अम्बिका रोक्का जिसी, विन्दु सुनार, प्रेरणा वोहरा, सुनिल थापा, अमर बहादुर डंगोल, रुकु विष्ट, मैना सुनार र अपसन सुनारको अभिनय रहेको छ।

प्रतिक्रिया