समाज


सप्तरीबाट हराएकी रञ्जनकुमारी पाँच वर्षपछि बिहारमा भेटिइन्

सप्तरीबाट हराएकी रञ्जनकुमारी पाँच वर्षपछि बिहारमा भेटिइन्

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १०:२५,

प्रहरीले सप्तरीको बलानबिहुल गाउँपालिकाकी २० वर्षीया रञ्जनकुमारी पासवानलाई भारतको बिहारबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको छ।उनी बुवा मेला हेर्न गएका बेला घरकै आँगनबाट एकाएक बेपत्ता भएको सप्तरी प्रहरीले जनाएको छ। त्यतीबेला नै उनको परिवारले छोरी बेपत्ता भएको निवेदन दिएका थिए।

भारत बिहारको पुर्णियामा रहेको सर्ट स्टे होमले रञ्जनकुमारीका विषयमा नेपालस्थित भारतीय दूतावासलाई खबर गरेको थियो।  पाँच वर्षदेखि बेपत्ता रहेकी रञ्जनकुमारीका विषयमा खबर पाएको दुई महिना लामो प्रक्रियापछि उनलाई घर फर्काउन सप्तरी प्रहरी सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी प्रधान कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको पत्रादेशनुसार बुबा धर्मदेव पासवान तथा आमा घुर्नीदेवी पासवानकी कान्छी छोरी रिंकु कुमारी भनिने रञ्जन कुमारीको उद्धार भएको हो।

उनलाई प्रहरीले बुधबार जिम्मा लगाएको हो। उनको उद्धारका लागि प्रहरी प्रधान कार्यालय र सप्तरी प्रहरीका सई चन्द्र बहादुर केरुङको कमान्ड टोली पुर्णिया पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad