नेपाल चलचित्र निर्माता संघले प्रदेश २ को औद्योगिक सहर वीरगञ्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सव आयोजना गर्ने भएको छ। तराई, पहाड र हिमालको उत्सव नेपाली चलचित्र स्वर्णिम महोत्सव यही कात्तिक २१, २२ र २३ गते हुनलागेको हो।
संघले मुुलुकको आर्थिक, सामाजिक, कला संस्कृतिको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको बताएको छ। चलचित्र संघको आयोजना, नेपाल सरकारको चलचित्र विकास बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको प्रवर्दन तथा वीरगंज उद्योग वाणिज्य महासंघ सह–आयोजक रहेको छ।
तीन दिनसम्म चल्ने महोत्सवमा स्वदेशका सयभन्दा बढी चलचित्रकर्मीहरुको पत्यक्ष सहभागिता रहनुका साथै बलिउडका चलचित्रकर्मी पनि सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सवले चलचित्रको माध्यमबाट संस्कृतिको उत्थान, भाषिक विविधता रहेको हाम्रो देशको सामाजिक सहिष्णुतालाई सशक्त बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
संघले महोत्सवबाट भम्रण वर्ष २०२०को पनि प्रचारप्रसार हुने विश्वास गरेको छ।
प्रतिक्रिया